Skip to content
भारतको दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी (ईभी) बजारमा सन् २०२५ मा महत्वपूर्ण परिवर्तन आएको छ।
पहिले बजारमा अग्रस्थान बनाएको ओला इलेक्ट्रिकको व्यापार करिब ५१ प्रतिशतले घटेको छ भने टीभीएसले शीर्ष स्थान ओगटेको छ।
२०२४ मा करिब ४ लाख ७ हजार युनिट इभी बिक्री भएको ओलाको व्यापार २०२५ मा १ लाख ९९ हजार नजिक सिमित भएको छ।
यसैबीच, २०२५ मा भारतमा कुल दुई पाङ्ग्रे ईभीको बिक्री १२ लाख ७९ हजार नजिक पुगेको छ, जो गत वर्षभन्दा बृद्धि हो।
टीभीएस मोटर कम्पनीले आफ्नो बिक्री ३५ प्रतिशतले बढाएर करिब २ लाख ९८ हजार युनिट इभी बेचेर पहिलो स्थान प्राप्त गरेको छ।
बजाजले दोस्रो तथा एथरले तेस्रो स्थान ओगटेको छ। भारतमा ईभीको माग बढ्दै गएकाले बिक्री वृद्धि भएको विश्लेषण गरिएको छ।
यसैसँग नेपाली बजारमा समेत यी ब्रान्डका मोडेलहरू उपलब्ध भइरहेकाले ग्राहकका लागि विकल्प बढेको बताइएको छ।
Post Views: 121