एल.आर.आर मोटर्सद्वारा ‘एक्लो-१’ को विशेष प्रदर्शन

नेपालका लागि JY Air EV को आधिकारिक वितरक एल.आर.आर मोटर्सले आफ्ना ब्राण्ड एम्बेसेडर विजय लामाको चलचित्र ‘एक्लो-१’ को विशेष प्रदर्शन आयोजना गरेको छ।

कम्पनीले आफ्नो सामाजिक र सांस्कृतिक प्रतिबद्धता स्वरूप यो सहकार्य गरेको जनाएको छ।

वरिष्ठ क्याप्टेन एवं कलाकार विजय लामा अभिनित यो चलचित्र हाल देशभर प्रदर्शन भइरहेको छ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक जीवन जङ्ग शाहीले यो पहल विजय लामाप्रतिको सम्मान र नेपाली चलचित्र उद्योगप्रतिको समर्थन भएको बताउनुभयो।

विजय लामाले कर्पोरेट क्षेत्रबाट कला र सिनेमालाई प्राप्त यो साथ प्रेरणादायी रहेको उल्लेख गर्नुभयो।

एल.आर.आर मोटर्सले जेवाई एयर ईभीमार्फत नेपालमा वातावरणमैत्री र प्रविधिमैत्री मोबिलिटीलाई बढावा दिने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *