Skip to content
चिनियाँ विद्युतीय एसयूभी डिपल S05 को मूल्य एक लाख रुपैयाँले बढाइएको छ।
यसअघि ४९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो गाडी अब ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।
त्यसैगरी, म्याक्स ब्लाक भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र म्याक्स अरेन्ज भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले नयाँ मूल्यसूची (MRP) सार्वजनिक गर्दै मूल्य समायोजन गरेको हो।
डिपल S05 गाडी नेपालमा यसअघि नाडा अटो शोमार्फत सार्वजनिक गरिएको थियो।
Post Views: 82