Skip to content
नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरकले अहिलेसम्मकै सबैभन्दा धेरै सुविधा समेटिएको नयाँ एसयूभी भिक्टोरिस बजारमा ल्याएको छ।
भविष्यमुखी डिजाइन, आरामदायी बनावट र स्मार्ट प्रविधिको संयोजनका रूपमा यो एसयूभी सार्वजनिक गरिएको हो।
भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट (४×४) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन्।
गाडी म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध छ र लेभल–२ एडास प्रविधि समावेश गरिएको छ।
उच्च सुरक्षा मापदण्डका कारण भिक्टोरिसले ग्लोबल एनसीएपीबाट पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरेको छ।
आधुनिक ग्राहकको आवश्यकता अनुसार आराम, सुरक्षा र सहज ड्राइभिङका सबै आवश्यक फिचर यसमा समेटिएका छन्।
उत्कृष्ट पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यस एसयूभीले ‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि पनि हासिल गरेको छ।
भिक्टोरिसको सुरुवाती अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सीमित अवधिका लागि पहिलो ५० बुकिङमा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार आजका नेपाली ग्राहक प्रविधिमैत्री र वातावरणप्रति सचेत भएकाले त्यही आवश्यकतालाई ध्यानमा राखेर यो मोडल ल्याइएको हो।
पाँचतारे सुरक्षा र स्मार्ट फिचरहरूले भिक्टोरिस नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरिएको छ।
यस एसयूभीमा हर्मन इन्फिनिटीका आठ स्पिकरसहित डल्बी एटमस ५.१ सराउन्ड साउन्ड सिस्टम उपलब्ध छ।
१०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, एलेक्सा अटो भ्वाइस एआई र ओटीए अपडेटको सुविधा दिइएको छ।
१०.२५ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टमै एकीकृत एसी डिस्प्ले समावेश गरिएको छ।
हावाको गुणस्तरका लागि पीएम २.५ फिल्टर, एक्यूआई डिस्प्ले र अटो प्युरिफाइ मोड राखिएको छ।
जेस्चर कन्ट्रोलमार्फत हात नछोई डिकी खोल्न सकिने सुविधा उपलब्ध छ।
६४ रङमा परिवर्तन गर्न सकिने एम्बियन्ट लाइटिङले क्याबिनलाई आकर्षक बनाएको छ।
८-वे पावर एड्जस्टेबल ड्राइभर सिट र अगाडिका सिटमा भेन्टिलेसन सुविधा दिइएको छ।
एक्टिभ कुलिङ फ्यानसहितको वायरलेस चार्जर र टाइप–सी फास्ट चार्जिङ पोर्टहरू राखिएका छन्।
सुरक्षाका लागि १० भन्दा बढी एडास फिचर, अटोमेटिक इमर्जेन्सी ब्रेक र लेन किप असिस्ट समावेश छन्।
सबै भेरियन्टमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ।
अल–ह्विल डिस्क ब्रेक, ब्रेक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पनि उपलब्ध छ।
कठिन सडकका लागि अटो, स्नो र लक मोडसहितको ४×४ प्रणाली प्रदान गरिएको छ।
एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेलल्याम्प र एरो कट एलोय ह्विल्सले यसको बाहिरी स्वरूप आकर्षक बनाएका छन्।
भित्रपट्टि ब्ल्याक र आइभोरी ड्युअल टोन इन्टेरियर र ठूलो प्यानोरामिक सनरुफ दिइएको छ।
Post Views: 226