रोहित पौडेललाई इलेक्ट्रिक SUV

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को समापन अवसरमा नेपालका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले विशेष सम्मान दिएको छ।

रोहितलाई ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरेसँगै जेको J5 इलेक्ट्रिक SUV पुरस्कारस्वरूप प्रदान गरिएको छ।

उक्त SUV मा लाग्ने २५% उपहार कर कम्पनीले बेहोर्ने घोषणा गरिएको छ।

जेको J5 प्रिमियम इलेक्ट्रिक SUV हो, जसमा ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, १५५ किलोवाट मोटर शक्ति र १८५ मिमि ग्राउन्ड क्लियरेन्स छ। यो गाडी नेपालको विभिन्न भू–भागमा सजिलै यात्रा गर्न सक्षम छ।

एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेको र इकाउर ब्रान्डहरूको आधिकारिक बिक्रेता हो।

कम्पनीले दिगो र प्रविधिमैत्री गाडी प्रवर्द्धन गर्दै नेपालमा हरित ऊर्जा र खेलकुद क्षेत्रको विकासमा योगदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *