डल्फिन ईभी बिक्री १० लाख

चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी डल्फिनको विश्वव्यापी बिक्री १० लाख युनिट पुगेको छ।

डल्फिन चीनमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री गर्ने ह्याचब्याक ईभी बनेको छ।

नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको जनाएको छ।

नेपालमा डल्फिन सेप्टेम्बर २०२३ मा सार्वजनिक भएको थियो र हाल २५०० भन्दा बढी डल्फिन सडकमा गुडिरहेका छन्।

यसले ह्याचब्याक सेग्मेन्टमा उत्कृष्ट सुरक्षा, स्मार्ट फिचर र उचित मूल्य प्रदान गर्दै पारिवारिक कारको रूपमा नेपाली बजारमा स्थापित भएको छ।

डल्फिनमा १२.८ इन्च टचस्क्रिन, मोबाइल कनेक्टिभिटी, ठूलो क्याबिन स्पेस र लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सुविधा छन्।

कम्पनीले नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ, जसमा डिजाइन र ड्राइभिङमा सुधार हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *