नेपालगन्जमा नयाँ गाडी सोरुम

नेपालगन्जमा डिपल र नामी ब्रान्डका इलेक्ट्रिक गाडीको नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

यस अवसरमा मंसिर २७देखि २९ गतेसम्म तीन दिनको टेस्ट ड्राइभ र एक्सचेन्ज मेला आयोजना गरिने कम्पनीले जनाएको छ।

मेलामा ग्राहकहरूले डिपल, नामी, सेरेस र अवतार जस्ता आधुनिक इलेक्ट्रिक गाडीको टेस्ट ड्राइभ गर्न पाउनेछन्, र रोबोट संग अन्तर्क्रिया गर्न पनि सक्ने व्यवस्था रहनेछ।

पुराना गाडी साट्न चाहनेलाई एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरी तथा टेस्ट ड्राइभ गर्नेहरूले उपहार पाउने समेत सुविधा उपलब्ध गराइने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *