सिएफ मोटो नेपालले आफ्नो मासिक राइड शृङ्खला ‘CFMOTO MANIACS’ को तेस्रो संस्करणमा पूर्व–दक्षिण पहाडी क्षेत्रका बल्थली र नमोबुद्धलाई मुख्य गन्तव्य बनाएको छ।
Everest Biker Nepal ले पावर र टुर व्यवस्थापन गर्ने यो साहसिक यात्रा २० मङ्सिर (डिसेम्बर ०६) आयोजना हुँदैछ।
कम्पनीले CFMOTO ४५० MT को क्षमता र प्रदर्शन विविध भू–भागमा परीक्षण गर्न मध्यम अफ–रोड तथा जीप ट्र्याक मार्ग रोजेको छ।
राइडको मार्ग गोदावरी–लाखुरी–खौपासी–बल्थली–नमोबुद्ध–धुलिखेल–नाला–काठमाडौं रहेको छ, जसमा घना जंगल, चट्टानी उकालो, हिलो भाग, नदी पार र परम्परागत बस्ती समावेश छन्।
राइडरहरूले हिमाली दृश्यावलोकन, प्राचीन गाउँ, सांस्कृतिक सम्पदा, ऐतिहासिक जलविद्युत् संरचना, खेतीबारी क्षेत्र र नमोबुद्ध गुम्बाको आध्यात्मिक वातावरणको अनुभव गर्नेछन्।
CFMOTO ले दिगो तथा जिम्मेवार एड्भेञ्चर राइडिङ प्रवर्द्धन, समुदाय सुदृढीकरण र नेपालको प्राकृतिक–सांस्कृतिक सौन्दर्यको सम्मान बढाउने उद्देश्य राखेको छ।
सुरक्षा र सहयोगका लागि अनुभवी मार्शल, ट्रिप गाइड र मेकानिकल सपोर्टको व्यवस्था गरिएको छ।