नवलपुरमा अटो–बाइक ठक्कर

नवलपुरको विनयी त्रिवेणी–२ बाह्रघरेमा आज दिउँसो अटो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

दुम्किबासबाट सर्दीतर्फ जाँदै गरेको मोटरसाइकल र बाह्रघरेबाट आउँदै गरेको अटो ठक्कर खाएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अटोचालक ६० वर्षीय हेमबहादुर गहतराज, मोटरसाइकल चालक २८ वर्षीय विवेक भट्टराई, पछाडि बसेका ३७ वर्षीय कर्णबहादुर विक लगायत अटोमा सवार चार जना घाइते भएका छन्।

अटोचालकलाई चितवनमा र बाँकी घाइतेलाई मध्यमविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *