पोर्शेलाई Hyundai Ioniq 5 N मन पर्‍यो

जर्मनीको लक्जरी स्पोर्ट्स कार निर्माता पोर्शे (Porsche) का उच्च अधिकारीहरूले हुन्डाई (Hyundai) को उच्च प्रदर्शन भएको इलेक्ट्रिक गाडी Ioniq 5 N को खुलेर प्रशंसा गरेका छन्।

  • पोर्शेको ९११ (911) र ७१८ (718) मोडल लाइनका उपाध्यक्ष फ्र्याङ्क मोसर (Frank Moser) ले Ioniq 5 N चलाउनु ‘आँखा खोल्ने’ (eye-opening) अनुभव भएको बताएका छन्। उनले हुन्डाईका इन्जिनियरहरूले यो गाडीलाई ‘वास्तवमै, साँच्चिकै राम्रो’ (really, really good) बनाएको भन्दै प्रशंसा गरेका छन्।

  • मोसरले यो गाडीमा रहेका नक्कली इन्जिन आवाज (N Active Sound+) र नक्कली गियर सिफ्ट (N e-shift) प्रणालीको विशेष रूपमा प्रशंसा गरेका छन्।

  • यो प्रणालीबाट प्रेरित भएर, पोर्शेले आफ्नो आगामी विद्युतीय मोडल Electric 718 (Boxster र Cayman) मा पनि यस्तै नक्कली गियर सिफ्ट र इन्जिन आवाजका फिचरहरू समावेश गर्ने जनाएको छ।

  • पोर्शेका अनुसार, यी फिचरहरूलाई चालकले चाहेअनुसार अन वा अफ गर्न सक्ने विकल्प दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *