एमएडब्लू वृद्धि प्रि–न्यू ईभी

एमएडब्लू वृद्धिले आधिकारिक रूपमा “प्रि–न्यू इयर ब्याश” नामक ई–भी अभियान सुरु गरेको छ, जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक अफर उपलब्ध छन्।

नयाँ वर्षअघि परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-टाइम अफर उत्कृष्ट अवसर बनेको छ।

डोंगफेङ नामीको विशेष अफरमा ग्राहकहरूले अब नामी भिगो र नामी 01 लाई नाडा मूल्यमा किन्न सक्नेछन्।

साथै, प्रत्येक ग्राहकले नि:शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, र अटो प्लस इन्स्योरेन्स पाउनेछन्।

नामी ग्राहकहरूले विशेष लक्की ड्रमा पनि भाग लिन सक्नेछन्, जहाँ तीनजना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने अवसर पाउनेछन्।

सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्योरेन्स, नि:शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर र एक्सचेञ्ज बोनस समावेश छन्।

यसले सेरेसलाई यस सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्प बनाएको छ।

“प्रि–न्यू इयर ब्याश”का सबै अफरहरू काठमाडौँ उपत्यका भित्र र बाहिरका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *