टाटा मोटर्सले धेरै प्रतीक्षित नयाँ सियरा एसयूभी आज भारतमा पूर्ण रूपमा सार्वजनिक गर्दैछ।
केही दिनअघि सफ्ट लन्च गरिएको यो मोडेलको मूल्य र सबै फिचर आज खुलाउने तयारी छ।
पहिलो चरणमा पेट्रोल भर्सन सार्वजनिक भएको छ र बुकिङ पनि छिट्टै खुल्ने अनुमान छ।
पेट्रोल मोडेलपछि सियरा ईभी २०२६ को सुरुवातमा आउने बताइएको छ।
नयाँ सियरा टाटाको नयाँ प्लेटफर्म र आधुनिक डिजाइनमा बनेको छ।
अगाडिको हिस्सामा एलईडी डीआरएल, स्प्लिट हेडलाइट र पछाडि कनेक्टेड टेललाइट दिइएको छ। १९ इन्च अलोय ह्वील, फ्लस डोर ह्यान्डल र नयाँ फिचर सहित कारलाई प्रिमियम देखिन्छ।
यसमा ३टा टचस्क्रिनसहितको ट्रिपल–स्क्रिन ड्यासबोर्ड, एन्ड्रोइड अटो/कारप्ले, डुअल जोन एसी, भेन्टिलेटेड सिट, प्यानोरामिक सनरुफ, प्रिमियम अडियो सिस्टम जस्ता फिचर छन्।
सियरामा १.५ लिटर टर्बो पेट्रोल इन्जिन (१७०hp/280Nm) र १.५ लिटर डिजेल इन्जिन (118hp/260Nm) उपलब्ध छन्।
६ एयरब्याग, ईएससी, ३६० क्यामेरा र लेभल–२ एडास जस्ता सुरक्षा फिचर पनि छन्।
भारतमा सार्वजनिक भएपछि केही समयमै यो मोडेल नेपालमा पनि आउने अपेक्षा गरिएको छ।