लक्ष्मी ई–मोबिलिटीको नयाँ शोरुम

केई र फोर्थिङ ईवीका आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सुरू गरेको छ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गर्दै पश्चिम क्षेत्रका ग्राहकलाई आधुनिक र वातावरणमैत्री EV अझ नजिक ल्याइएको बताए।

उनले बिक्रीपछि सेवा पनि समान रूपमा प्राथमिकता रहेको उल्लेख गरे।

उद्घाटनका लागि कम्पनीले ग्राण्ड ओपनिङ अफर ल्याएको छ — विशेष क्यास बेनिफिट, Bose इलेक्ट्रोनिक गिफ्ट, १ वर्षको निःशुल्क अटो–प्लस इन्स्योरेन्स, रोड–ट्याक्स प्याकेज, र हरेक बुकिङमा एक रातको स्टे–प्याकेज

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका EV ग्राहकलाई उच्चस्तरीय खरिद अनुभव दिनेछ।

लक्ष्मी ग्रुपले देशभर ६३ भन्दा बढी चार्जिङ र सर्भिस स्टेसन सञ्चालनमा ल्याइसकेको छ, जसले EV चार्ज र मर्मत सेवालाई अझ सहज बनाएको छ।

यो शोरुमले प्रदेशमा बढिरहेको EV माग पूरा गर्न नजिक र छिटो सेवा उपलब्ध गराउने केन्द्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *