Skip to content
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिरहा–धनुषा जोड्ने कमला नदी पुल निर्माण काम तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसक्दा स्थानीयले समस्याको सामना गर्दै आएका थिए।
मन्त्री घिसिङले पुल क्षेत्रको अनुगमन गर्दै डुङ्गा चढेर धनुषाबाट सिरहा पुगेका थिए।
विसं २०६८ जेठमा २४.९ करोड रुपैयाँ लागतमा सम्झौता भएको पुल निर्माण विसं २०७१ मङ्सिरमा सकिनुपर्ने थियो, तर अहिलेसम्म पूरा भएको छैन।
विसं २०७८ असारको बाढीले पुलका दुई जग भासिँदा क्षति पुगेको थियो।
कूल ४६९ मिटर लम्बाइको पुलको हाल ८३% भौतिक र ८२% वित्तीय प्रगति भएको छ।
मन्त्री घिसिङले विगतका अनियमितताको छानबिन भइरहेको र दोषीलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन्।
कमला पुल निर्माण संघर्ष समितिले चाँडो काम सम्पन्न गर्न ज्ञापनपत्र बुझाएको छ।
Post Views: 239