टाटा शोरुम पुनः सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको टाटा गाडीको थापाथलीस्थित शोरुम दुई महिनापछि पुन: निर्माण सकेर फेरि खुलाइएको छ।

यस शोरुमलाई टाटा गाडीका आधिकारिक डिलर सिप्रदी ट्रेडिङले पुनः सञ्चालनमा ल्याएको हो।

यो नयाँ शोरुम टाटाका ग्लोबल मापदण्डअनुसार बनाइएको छ र ग्राहकहरूको सुविधा बढाउन कस्टमर लाउन्ज पनि समावेश गरिएको छ।

कम्पनीले जानकारी दिएको छ कि आन्दोलनका क्रममा २० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका गाडी र संरचनागत क्षति भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *