एमजी–लायन्स मोबिलिटी साझेदारी

एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ।

यस साझेदारीका मजदले, लायन्स टिमलाई उच्च गुणस्तरीय एमजी गाडीहरू उपलब्ध गराइनेछ जसले खेलाडीहरूलाई आरामदायी र सुरक्षित यात्रा सुनिश्चित गर्दछ र उनीहरूको प्रदर्शनमा केन्द्रित हुन सहयोग पुर्‍याउनेछ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने, “हामी लुम्बिनी लायन्ससँग भए यो अवसरलाई उत्साहका साथ लिएका छौं। हाम्रो गाडीहरूको साथमा टोलीलाई मैदानमा लैजान पाउँदा खुसी छौं।

हामी उनीहरूका लागि उत्तम सेवा र सुविधा दिन प्रतिबद्ध छौं।”

यस पहलले पारामाउन्ट मोटर्सलाई खेलकुद क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउन मद्दत गरेको छ र उनीहरूले आधुनिक, प्रिमियम एमजी अनुभव देशभर फैलाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *