डोंगफेंग भिगो इलेक्ट्रिक SUV

नेपालका लागि डोंगफेंग इलेक्ट्रिक भेहिकल्सको आधिकारिक वितरक एमएडब्लु वृद्धिले बिर्तामोडमा स्मार्ट इलेक्ट्रिक SUV ‘नामी भिगो’ सार्वजनिक गरेको छ।

अनावरण समारोह प्रमुख अतिथि, पूर्व प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली लगायत उद्योग, व्यवसाय, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो।

नामी भिगो Quantum Architecture Platform मा निर्मित मिड-साइज इलेक्ट्रिक SUV हो, जसले बलियो डिजाइन, स्मार्ट फिचर र उत्कृष्ट प्रदर्शनका साथ नयाँ मानक सेट गरेको छ।

Magic Cube Design ले आधुनिक एरोडाइनामिक स्ट्रक्चर र ब्रान्ड पहिचानलाई समेटेको छ।

यो SUV 99 kW मोटर, 44.94 kWh (300 km) र 51.87 kWh (350 km) ब्याट्री विकल्प, र 3C Ultra-Fast DC चार्जिङ समर्थनसहित उपलब्ध छ।

१८ मिनेटमै ३०%–८०% चार्ज हुने फास्ट चार्जिङले शहरदेखि राजमार्गसम्म सहज यात्रा सुनिश्चित गर्छ।

सेग्मेन्ट-फर्स्ट सुविधाहरूमा Heaven & Earth Tailgate, Music-Sync Ambient Lighting, मेमोरी र वेलकम सीट, बाहिरी स्पिकर, र प्रिमियम इन्टेरियर समावेश छन्।

सुरक्षा र प्रविधिमा Level 2 ADAS, 360° क्यामेरा, Adaptive Cruise Control, ६ एअरब्याग, जिरो फायर/एक्स्प्लोजन टेस्ट म्याच ब्याट्री सिस्टम र ६८.४% हाई स्ट्रेन्थ स्टिल बडी राखिएको छ।

मूल्य:

  • नामी भिगो E2: रु. ३८,९९,००० (विशेष प्रारम्भिक अफर: रु. ३७,९९,०००)

  • नामी भिगो E2+: रु. ४१,९९,००० (विशेष प्रारम्भिक अफर: रु. ४०,९९,०००)

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार, भिगो पावर, लक्जरी र स्मार्ट प्रविधिको संगम हो र आधुनिक नेपाली जीवनका लागि उपयुक्त इलेक्ट्रिक SUV हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *