एमजी नेपाल आफ्नो नयाँ इन्टेलिजेन्ट SUV एमजी IM6 पोखरामा सार्वजनिक गर्न तयारीमा छ।
यसका लागि कम्पनीले शुक्रबार बिहान १० बजे ‘द बिच’ पोखरामा विशेष प्रदर्शन र टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्दैछ।
एमजी IM6 लाई भविष्यको स्मार्ट मोबिलिटीको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसमा आधुनिक प्रविधि, सुविधा र आकर्षक डिजाइनको संयोजन गरिएको छ।
कार्यक्रममा सहभागीहरूले SUV को विशेष क्र्याब मोड अनुभव गर्न सक्नेछन्, जसले गाडीलाई तिरछो (diagonal) चलाउन सक्षम बनाउँछ र साँघुरा स्थानमा सजिलो नियन्त्रण दिन्छ।
SUV मा वन–टच IAD (Intelligent Adaptive Drive) सुविधा पनि छ, जसले ड्राइभिङलाई झनै स्मार्ट, सुरक्षित र सहज बनाउँछ।
वितरक पारामाउन्ट मोटर्सका अनुसार, एमजी IM6 सामान्य SUV भन्दा धेरै उन्नत छ र यसको बुद्धिमान प्रविधिले ड्राइभिङ अनुभवलाई नयाँ ढंगले परिभाषित गर्नेछ।
कार्यक्रममा अन्तरक्रियात्मक प्रस्तुति, प्रत्यक्ष टेस्ट ड्राइभ र एमजी विशेषज्ञसँग प्रत्यक्ष कुराकानीको व्यवस्था हुनेछ।
आगन्तुकहरूले सवारीको प्रविधि, डिजाइन र सबै विशेषताहरू नजिकबाट बुझ्न सक्नेछन्।
एमजीले IM6 मार्फत “Innovation meets Confidence” को दृष्टि नेपाली बजारमा ल्याउँदै स्मार्ट, सुरक्षित र शक्तिशाली SUV उपलब्ध गराउने लक्ष्य राखेको छ।
कार्यक्रम सबैका लागि खुला छ र पोखराका अटोप्रेमीहरूलाई नयाँ पुस्ताको SUV प्रत्यक्ष अनुभव गर्न निमन्त्रणा गरिएको छ।