ग्लोबल आइएमईको ८% लाभांश

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभाले बैंकले प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सर्वसम्मत रूपमा पारित गरेको छ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण पनि सभाले अनुमोदन गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकले ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड करपछि मुनाफा आर्जन गरेको थियो।

अध्यक्ष ढकालले नियामक निकायका सबै नियम पूरा गर्दै शेयरधनीलाई उचित लाभांश दिन बैंक प्रतिबद्ध रहेको बताए।

बैंकले नयाँ व्यावसायिक क्षेत्र विस्तार गर्दै जाने योजना रहेको उनले उल्लेख गरे।

सभामा राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, शेयरधनी, सञ्चारकर्मी र कर्मचारीहरू लगायतको उपस्थिति थियो।

ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू पाइसकेको छ, जसमध्ये बैंक अफ द इयर, बेष्ट बैंक नेपाल, युरो मनी अवार्ड लगायत प्रमुख छन्।

यो बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित सेवा, ६८ काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू छन्।

रेमिट्यान्स सेवामार्फत बैंकले अमेरिका, यूरोप, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, खाडी देशहरू लगायत दर्जनौँ मुलुकबाट रकम पठाउन सहयोग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *