कोटवाडा विमानस्थल सञ्चालन र केबलकार पहल

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ मा रहेको कोटवाडा विमानस्थल नियमित सञ्चालनमा ल्याउने तयारी सुरू गरिएको छ।

३८ वर्षमा बनेको यो विमानस्थल चार वर्षअघि मात्र निर्माण सम्पन्न भए पनि अहिलेसम्म नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन।

स्थानीय नागरिकहरू लामो समयदेखि नियमित उडानको माग गर्दै आएका छन्।

सन् २०७३ मा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गरेका थिए भने २०८० साल फागुनमा तत्कालीन मन्त्री सुदन किरातीले औपचारिक रूपमा उद्घाटन गरेका थिए। त्यसपछि पनि विमानस्थल सञ्चालनमा आउन नसकेको हो।

प्रदेश सांसद हिक्मतबहादुर विष्ट का अनुसार, केही राजनीतिक कारण र व्यवस्थापन समस्या भएकाले उडानमा अवरोध आएको हो, तर अब नियमित सञ्चालनका लागि पहल थालिएको छ।

पूर्व गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट ले भने, विमानस्थलको पूर्ण उपयोगका लागि मान्म–कोटवाडा केबलकार अत्यावश्यक भएको बताए।

उनका अनुसार, सडक सुविधा र केबलकार बनेपछि मात्र विमानस्थल सहज रूपमा प्रयोग गर्न सकिनेछ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाही ले केबलकार निर्माणमा नगरपालिकाले लगानी गर्न तयार रहेको बताए।

उपप्रमुख गणेश शाही ले पनि यसले पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याउने बताए।

यद्यपि, नरहरिनाथ उत्थान केन्द्र का अध्यक्ष किशोरकुमार रावल र स्थानीय अगुवा राजेन्द्र विष्ट ले स्थानीय सरकारको कम चासोका कारण काम अघि नबढेको जनाएका छन्।

उनीहरूले नागरिकस्तरबाट दबाब र पहल बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *