Skip to content
बागमती प्रदेशमा सवारीसाधन दर्ता उल्लेखनीय रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार, गत आर्थिक वर्षमा प्रदेशमा सवारी दर्ता ४५.२ प्रतिशतले वृद्धि भएको हो।
रिपोर्टका अनुसार, २०८१/८२ मा कुल १ लाख ३५ हजार ८६६ सवारीसाधन दर्ता भएका छन्।
यो संख्या अघिल्लो वर्षको ९३ हजार ५९९ भन्दा ४२ हजार २६७ ले बढी हो।
सवारी दर्तामा आएको यो तीव्र वृद्धि बागमती प्रदेशमा जनसंख्या घनत्व, आर्थिक क्रियाकलाप, र सवारी खरिद क्षमताको वृद्धिसँग सम्बन्धित रहेको अनुमान गरिएको छ।
Post Views: 96