नेपालको भरोसायोग्य अटोमोबाइल ब्राण्ड फोटोनले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ।
एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रा. लि. द्वारा आयोजना गरिएको उद्घाटन कार्यक्रममा सुर्खेत चेम्बर अफ कमर्शका महासचिव रामप्रसाद जैशी प्रमुख अतिथि थिए।
शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू, जस्तै माउन्टेन ईभी भ्यान, टिएम १, लाइट ड्युटी ट्रक र टुनल्याण्ड पिकअप उपलब्ध छन्।
यसले सस्तो शहरी यातायातदेखि भारी व्यावसायिक ढुवानीसम्मका आवश्यकताहरू पूरा गर्छ।
सुर्खेत शोरुममार्फत फोटोनको बिक्री नेटवर्क १५ स्थान र टोटल केयर सेवा १७ केन्द्रसम्म पुगेको छ।
यसले ग्राहकलाई उच्चस्तरीय आफ्टर–सेल्स सेवा, मर्मत सम्भार र भरपर्दोपन सुनिश्चित गर्छ।
एमएडब्लु वृद्धि कमर्सियलले विश्वस्तरीय सवारी र इनोभेटिभ मोबिलिटी अनुभवका लागि सबैलाई टेस्ट राइडमा सहभागी हुन आमन्त्रण गरेको छ।