दाउन्ने सडक दुईतर्फी अवरुद्ध

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ घ्युउ खोलामा ट्रक हिलोमा फसेपछि दाउन्ने सडक खण्ड आज साँझदेखि दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

बा प्र०३–००१ख २१५८ नम्बरको माटो लोड भएको ट्रक हिलोमा फसेको कारण सडकमा सवारी सञ्चालन रोकिएको हो।

प्रहरीले हाल सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *