श्री एयरको विमान भैरहवामा अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवामा आकस्मिक अवतरण गरिएको छ।

बिहान १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमान हाइड्रोलिक फेलियर भएपछि गौतमबुद्ध विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको हो।

विमानमा रहेका ८२ जना यात्रु र चालक दलका सबै सदस्य सकुशल छन्।

हाइड्रोलिक समस्या भएपछि विमान रनवेमा रोकिएपछि करिब ४० मिनेटसम्म अन्य उडान अवरुद्ध भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *