Skip to content
काठमाडौंको तिनकुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको छ।
बा प्र-०२-०५९प ४८९१ नम्बरको मोटरसाइकल नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पुरीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Post Views: 140