ग्राउन्ड क्लियरेन्स र कम्फर्ट बढाउन – रोजरएब

रोजरएब कार केयर लाउन्ज प्रालिले बजारमा ल्याएको आफ्टर मार्केट एसेसरिज हो ।

यो हाई ग्रेड सिलिकनले बनेको निकै गुणस्तरीय प्रोडक्ट हो, जसमा कम्पनीले पाँच वर्षको ग्यारेन्टी दिएको छ ।

यो प्रोडक्ट गाडीको ग्राउन्ड क्लियरेन्स बढाउन र रफ सडकमा पनि सहज तरिकाले गाडी चलाउनका लागि निकै उपयुक्त हुन्छ ।

रोजरएब गाडीको चारवटै सस्पेन्सन क्वाइलमा ३० मिनेटमा जडान गरिन्छ ।

रोजरएब जडान गरेपछि यसले कुनै पनि पार्ट्सलाई प्रभाव पार्दैन ।

कम्पनीले दिएको जानकारीअनुसार यो सर्टिफाई प्रोडक्ट हो, यसमा पाँच वर्षको ग्यारेन्टी छ ।

पाँच वर्षभित्र कुनै समस्या भएमा कम्पनीले यो उत्पादनलाई प्रतिस्थापन गर्छ ।

ग्राउन्ड क्लियरेन्स कम भएका गाडी सडकमा ठोक्किने, स्पिड ब्रेकरमा छुने समस्या हुन्छ ।

रोजरएब जडान भएपछि गाडीको ग्राउन्ड क्लियरेन्स एकदेखि डेढ इन्चसम्म बढ्छ ।

अफरोडमा हल्लिने र जर्क हुने समस्या समाधान हुन्छ ।

कच्ची सडकमा गाडी चलाउँदा सस्पेन्सन बिग्रनबाट जोगाउँछ ।

साथै, गाडी खराब बाटोमा चलाउँदा पनि ह्यान्डलिङ राम्ररी गर्न सकिन्छ र निकै सहज फिल हुन्छ ।

यो इन्डियामा रोज कम्पनीले बनाएको प्याटेन्ड प्रोडक्ट हो । यसलाई अरु कम्पनीले कपि गरेर उत्पादन गर्न सक्दैन । यसको इन्डियाबाट विभिन्न देशमा निर्यात हुन्छ ।

नेपालमा पनि यसको सफल परीक्षण र जडान भइरहेको छ, अहिले यसका डिलरहरु विकसित भइरहेका छन् ।
रोजरएब ग्राउन्ड क्लियरेन्स कम भएका र कम्फर्टका लागि जुनसुकै गाडीमा जडान गर्न सकिन्छ ।

टोयोटाको आधिकारिक सर्भिस सेन्टरले नै यसको प्रयोग गर्न सुरु गरेको छ । कम्पनीले अन्य ब्रान्डसँग पनि सहकार्यको प्रयास गरिरहेको छ ।

यो प्रोडक्ट लाइट प्यासेन्जर भेइकलका लागि जम्मा सातवटा साइजमा आउँछ, जसले कारदेखि जिपसम्म कभर गर्छ । कम्पनीले यो प्रोडक्टमा ३० दिनको वाइ ब्याक वारेन्टी पनि दिएको छ ।

कम ग्राउन्ड क्लियरेन्स भएका गाडीका लागि यो प्रोडक्ट निकै उपयोगी हुन्छ र इभीहरुमा ब्याट्री तल्लो भागमा हुने भएकाले इभीका लागि यो प्रोडक्ट झनै उपयोगी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *