जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटनामा परेको छ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते मेलाली–२ की २३ वर्षीया तुलसी पाण्डेय केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएकी छन्।
अन्य चार घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।