पाटन उच्च अदालतले ‘नियोसिया’ ब्रान्डका इलेक्ट्रिक प्यासेन्जर भ्यानको आयात र बिक्री रोक्न आदेश दिएको छ।
अदालतले भनेको छ, “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नू र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण नगर्नू।”
नेपालमा केवाईसी भ्यानको आधिकारिक आयातकर्ता सीजी मोटर्स हो। तर इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालिले सोही गाडी नाम फेरेर बिक्रीवितरण गरेपछि विवाद अदालतमा पुगेको थियो।
विवाद निरुपण गर्न अदालतले ‘नियोसिया’ भ्यानको आयात र बिक्री बन्द गर्ने आदेश दिएको हो।
केवाईसी गाडीको मोडेल, बनावट र फिचर उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनसँग सम्बन्धित कानुनी प्रश्न उठाएको छ।