विश्वभर उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि परिचित इभी ब्रान्ड AION ले आफ्नो मोडेल AION V का लागि प्रतिष्ठित ५–स्टार यूरो NCAP सुरक्षा रेटिङ हासिल गरेको छ।
यो मान्यता अटोमोबाइल क्षेत्रमा सुरक्षाको हिसाबले अत्यन्त सम्मानित पुरस्कार मानिन्छ।
AION ले एसिया, युरोप र मध्यपूर्वमा आफ्नो बजार विस्तार गर्दै विश्व इभी क्षेत्रमा नयाँ स्तर कायम गर्दै आएको छ।
नेपालमा यसको आधिकारिक विक्रेता सीजी मोटर्स नेपाल ले नेपाली ग्राहकका लागि AION V र AION Y जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू उपलब्ध गराउँदै आएको छ।
भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिहरूले AION V लाई थप सुरक्षित र आरामदायी बनाएका छन्।
यसमा बलियो बडी स्ट्रक्चर, मल्टी–सेन्सर कोलिजन डिटेक्सन प्रणाली, र एआई–सञ्चालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता फिचर समावेश छन्, जसले यात्रालाई सुरक्षित र सहज बनाउँछ।
सीजी मोटर्स नेपाल ले आफ्नो शोरूम र सर्भिस नेटवर्क विस्तार गर्दै स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।