आयकर संकलनमा गिरावट

यो आर्थिक वर्षको पहिलो त्रैमासमा आयकर संकलन करिब ९ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ कम भई झण्डै ४६ अर्ब ९० करोड रुपैयाँ मात्र संकलन भएको छ।

घरजग्गा कारोबार, सेयर बजार र ब्याज आम्दानीमा कमी आएको कारण आयकर घटेको बताइएको छ।

यद्यपि भन्सार महसुल, भ्याट र अन्तःशुल्कबाट राजस्व भने बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *