काठमाडौं उपत्यका ट्राफिक प्रहरीले हाल ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई २४ घण्टे पूर्जी जारी गर्ने निर्णय गरेको छ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग मीनभवनमा रहेको ईडीएलभीआरएसको सर्भर क्षतिग्रस्त भएपछि अनलाइन कारबाही तथा सचेतना कक्षा रोकिएको थियो।
अनलाइन प्रणाली पुनः सञ्चालनमा नआउन्जेल ट्राफिक प्रहरीले भौतिक रूपमा चिट काटेर कारबाही अघि बढाउने निर्णय गरेको हो।
सूचनामा उल्लेख छ, “सवारी चालकले कुनै किसिमको ट्राफिक उल्लङ्घन गरेमा विभागको प्रणाली सुचारु नभएसम्म सडकमा २४ घण्टे पूर्जी जारी गरिनेछ।”