Skip to content
विश्वप्रसिद्ध पत्रिका टाइम्सले वर्ष २०२५ का ‘Best Inventions’ मा BYD को अट्टो-१ इलेक्ट्रिक कारलाई चयन गरेको छ।
यो सम्मानले BYD को प्रविधि र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धतालाई विश्वव्यापी रूपमा मान्यता दिएको छ।
कम्पनीले सामाजिक सञ्जालमार्फत यो खबर साझा गर्दै आफ्नो समुदाय र टाइम्सलाई धन्यवाद दिएको छ।
अट्टो-१ शहरी वातावरणका लागि डिजाइन गरिएको स्मार्ट इलेक्ट्रिक सिटी कार हो।
यसको कम्प्याक्ट डिजाइन, उर्जासक्षम ब्याट्री र आधुनिक फिचरहरूले नयाँ पुस्ताका चालकहरूमा लोकप्रिय बनाएको छ।
BYD ले यस कारमार्फत नवप्रवर्तन, टिकाउ भविष्य र स्मार्ट मोबिलिटीमा आफ्नो प्रतिबद्धता अझ सुदृढ गर्दै लैजाने योजना बनाएको छ।
Post Views: 103