Skip to content
असोज १७–१९ गते परेको अविरल वर्षाले रोशी खोलामा बाढी आएपछि यातायात अवरुद्ध भएको थियो।
रोशी–७ र नमोबुद्ध नगरपालिका–६ खरिबोट जोड्ने पक्की पुल गत वर्षको बाढीले बगाएपछि, यस वर्षको बाढीसँगै डाँडापारि जाने मार्ग बन्द भएको थियो।
बाढीको बहाव कम भएपछि तीन दिन लगातार खटेर ह्युमपाइप बिछ्याउने र बगर माटो हाल्ने काम सम्पन्न गरियो। आजदेखि यातायातका साधन सञ्चालनमा आएका छन्।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले १६ वटा ह्युमपाइप बिछ्याइएको जानकारी दिए।
यसअघि पनि असोज ९ गते दशैंको तयारीमा ह्युमपाइप राखिएको थियो, तर भारी वर्षाका कारण त्यो बगेको थियो।
अब रोशीपारि र महाभारत गाउँपालिकाको सडक सञ्जाल पुनः जोडिएको छ।
Post Views: 165