नेपालको लोकप्रिय अटोमोटिभ प्लेटफर्म कारहरू ले हालै लिपमोटर B10 को वास्तविक रेञ्ज र प्रदर्शन परीक्षण सम्पन्न गरेको छ।
परीक्षण अन्तर्गत टोलीले काठमाडौंको उत्तरढोका स्थित लिपमोटर शोरूमबाट पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्कने करिब ४५० किलोमिटरको यात्रा एकै दिनमा र एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो।
यो उपलब्धिले लिपमोटर B10 को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालका विविध सडक अवस्थामासमेत भरपर्दो प्रदर्शन गर्ने क्षमतालाई प्रमाणित गर्छ।
यस सफल यात्राले लिपमोटरको दीर्घ-दूरीको स्मार्ट इलेक्ट्रिक मोबिलिटीलाई अझ व्यवहारिक र आत्मविश्वासपूर्ण बनाउने प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ।