सिएफ मोटोको तिहार अफर

प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफ मोटो ले तिहार र छठ पर्वको अवसरमा विशेष नगद छुट योजना सार्वजनिक गरेको छ।

नेपालका लागि यसको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टर ले ३०० एनके मोडलमा ५० हजार रुपैयाँ बराबरको थप सुविधा उपलब्ध गराउने जनाएको छ।

यस अफरपछि सिएफ मोटो एनके ३०० को नयाँ मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तय गरिएको छ।

यो अफर सिमित अवधिसम्म मात्र लागू हुने भएकाले कम्पनीले ग्राहकहरूलाई नजिकको सिएफ मोटो शोरूममा छिट्टै पुग्न आग्रह गरेको छ।

काठमाडौं उपत्यकाभित्र सिएफ मोटोका शोरूमहरू नक्साल, झम्सिखेल र सल्लाधारी मा रहेका छन्।

आकर्षक डिजाइन र फरक लुक्सका कारण एनके ३०० युवामाझ लोकप्रिय बन्दै गएको छ।
यसमा २९२ सिसीको लिक्विड कुल्ड इन्जिन छ, जसले ३० पिएस पावर र २५.३ एनएम टर्क उत्पादन गर्छ।

मुख्य फिचरहरूमा —

  • डुअल च्यानल एबिएस

  • ५ इन्च टीएफटी डिस्प्ले

  • इको र स्पोर्ट्स दुई राइडिङ मोड

  • स्लिपर क्लच

  • १२ लिटरको इन्धन ट्यांक

  • ३३ किमी प्रति लिटर माइलेज

  • १३९ किमी टप स्पिड

सस्पेन्सनमा अगाडि अपसाइड डाउन फोर्क र पछाडि मोनोशक प्रयोग गरिएको छ, जसले सवारीलाई थप स्थिर र आरामदायी बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *