Skip to content
सल्यानको शारदा–९, ज्वालापुरमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
भागाचौरबाट थापाचौर तर्फ जाँदै गरेको लु प्र ०२–००१ ज ००२१ नम्बरको जिप अनियन्त्रित भएर करिब २०० मिटर तल खसेको हो।
घाइतेमध्ये वृद्ध महिला, किशोरी, युवा र दुलाहा–दुलहीसमेत छन्।
सबै घाइतेहरूलाई सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 149