केपिलासगढीमा बढी भाडा फिर्ता

खोटाङको केपिलासगढी गाउँपालिकामा चाडपर्वको बेला यात्रुबाट बढी भाडा लिएको विषयमा युवा समूहले आपत्ति जनाएपछि यातायात व्यवसायीले फिर्ता दिने सहमति गरेका छन्।

काठमाडौँ–केपिलासगढी यात्रामा टाटासुमोको भाडा दुई हजार ७०० रूपैयाँ तोकिएको थियो, तर व्यवसायीले तीन हजार ५०० रूपैयाँ लिएको पाइएको थियो।

स्थानीय युवासहितको छलफलपछि व्यवसायीले यात्रुहरुलाई बढी भाडा प्रमाणको आधारमा रु ५०० दरले फिर्ता गर्ने निर्णय गरेका छन्।

साथै, चालकले धुम्रपान वा मोबाइल प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *