Skip to content
लगातारको वर्षाले अवरुद्ध बनेको तमोर कोरिडोर पाँच दिनपछि बिहीबार सञ्चालनमा आएको छ।
धनकुटा र पाँचथरलाई तराईसँग जोड्ने यो मुख्य सडकमा बाढी र पहिरोले डाइभर्सन बगाउँदा सडक बन्द भएको थियो।
वर्षा रोकिएपछि अवरोध हटाउने काम सुरु भई बुधबार साँझ पूर्णरूपमा सडक खुलाइएको धनकुटा प्रहरीले जनाएको छ।
सडक सञ्चालनसँगै धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापाका सवारीसाधनहरू सहजै चल्न थालेका छन्।
स्थानीयले स्थायी पुल नहुँदा साना वर्षामा पनि सडक बन्द हुने समस्या दोहोरिने भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
Post Views: 181