Skip to content
गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण पूरा नहुँदै यस वर्ष पनि वर्षाका कारण ठप्प भएको छ।
दसैँको मुखमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुहरू मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्गमार्फत वैकल्पिक यात्रा गर्न बाध्य भएका थिए।
सडक डिभिजन भक्तपुरले अस्थायी डाइभर्सन निर्माण गर्दै शनिबारसम्म राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
हाल चौकीडाँडामा नदी डाइभर्ट गरी अस्थायी ट्र्याक बनाइएको छ भने कटुञ्जेबेसी, कालढुंगा, मंगलटार र चारसयबेँसी क्षेत्रमा मर्मत कार्य जारी छ।
क्षतिग्रस्त 29.5 किलोमिटर सडकमध्ये ३ खण्डको ठेक्का लागिसकेको छ, १ खण्ड जापानी कम्पनी जाइकाले निर्माण गर्नेछ र २.५ किलोमिटर सडक ठेक्का लाग्न बाँकी छ।
नेपालथोकदेखि पिप्लेसम्मका खण्डहरूमा समेत ठेक्का सम्झौता भइसकेको छ। कुल लागत अनुमान अनुसार सबै खण्डमा पुनर्निर्माण कार्य क्रमशः अघि बढिरहेको छ।
Post Views: 140