Skip to content
असोज १७ र १८ को लगातार वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको धेरै भाग बगाएपछि यातायातमा ठूलो समस्या आएको छ।
तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना र ठूला सवारीसाधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्।
अहिले खुर्कोट–मन्थली–चरिकोट–मुडे–खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग भइरहेको छ।
यातायात व्यवस्थित गर्न ट्राफिक प्रहरीले मन्थली देवकोटा चोकदेखि बसपार्क हुँदै काठमाडौँ जाने मार्ग र फर्कने मार्ग एकतर्फी सञ्चालन गरेको छ।
यस मार्गबाट तराई र पूर्वी कोशी प्रदेशका यात्रुले काठमाडौँ आवतजावत गरिरहेका छन्।
दसैँ मनाएर फर्किने यात्रुको सहजताको लागि प्रहरीले लगातार निगरानी र व्यवस्थापन गर्दै आएको छ।
Post Views: 143