एमएडब्लु वृद्धिको देशव्यापी एक्सचेन्ज मेला

एमएडब्लु वृद्धिले आउँदो असोज २४ गतेदेखि देशभर एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ।

काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका सोरुमहरूमा तीन दिनसम्म मेला चल्नेछ।

मेलामा ग्राहकहरूले पुराना गाडी साटेर नयाँ इलेक्ट्रिक सवारी (EV) किन्न सक्नेछन्।

कार्यक्रममा दिपल, अवतार, नामी र सेरेसका चर्चित मोडलहरूको टेस्ट ड्राइभ गर्ने सुविधा हुनेछ।

मेलामा मनोरञ्जन कार्यक्रम, रोबोट शो, गेम जोन, रिफ्रेसमेन्ट लगायत आकर्षणहरू पनि रहनेछन्।

साथै, ग्राहकले सर्वोत्तम मूल्यांकन, एक्सचेन्ज बोनस, र १५ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्।

मेलामा बुकिङ गर्ने प्रत्येक ग्राहकलाई नगरकोटको प्रिमियम रिसोर्टमा एक रातको जोडी बसाइको अफर पनि दिइनेछ।

साथै, अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारको पहिलो टेस्ट ड्राइभ पनि गराउन लागिएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *