Skip to content
रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक हायस कपुरकोट–३ चोरखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
आइतबार राति करिब २ बजे सडकबाट डेढ सय मिटर तल खसेपछि घटनास्थलमै उनीहरूको ज्यान गएको हो।
मृत्यु हुनेमा बाँफिकोट–५ का ६७ वर्षीय पबि केसी, २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशीधर केसी रहेका छन्।
दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्।
Post Views: 147