२३४ रुग्ण ठेक्का तोडिने

वर्षौँदेखि काम नगरी अलपत्र पारेका २३४ सडक तथा पुल निर्माणका रुग्ण ठेक्का तोडिने भएका छन्।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा रहेका यी ठेक्का तोड्न लागिएको हो।

मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने बताए।

उनले कम रकममा ठेक्का लिएर अग्रिम पेस्की उठाई रकम अन्यत्र लगानी गर्ने प्रवृत्तिको अन्त्य गर्न रुग्ण ठेक्का तोड्न आवश्यक भएको स्पष्ट पारे।

ठेक्का तोड्न ढिलाइ गर्ने वा समयमा निर्णय नगर्ने तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि पनि छानबिन हुने भएको छ।

मन्त्रीले अब अनियमितता, ढिलासुस्ती, घुसखोरी वा सेवाग्राहीलाई दुःख दिने काम पाए तत्काल कारबाही हुने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *