देशभर ८ राजमार्ग बन्द

लगातार वर्षा र ठूलो पहिरोका कारण देशभरका ८ राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

केही राजमार्गमा भने आंशिक रूपमा एकतर्फी सवारी चलाइएको छ।

धादिङको बादरेमोड, चितवनको इच्छाकामना र अरनिको राजमार्गको कोदारी खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यस्तै, संखुवासभाको वरुण र एकुवासहित पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा पनि सडक खुलेको छैन।

सडक बन्द हुँदा जनजीवन प्रभावित भएको छ।

मालसामान ढुवानीमा अवरोध, यात्रुहरू लामो समय अलपत्र, आपूर्ति व्यवस्थामा संकट र आर्थिक क्षति बढिरहेको छ।

सरकारले सडक खुलाउन सक्दो प्रयास भइरहेको जनाएको छ तर लगातार पहिरो खस्दा कार्य कठिन भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *