दशैँमा नागढुंगा सुरुङ खुल्ने

दशैँमा यात्रुहरूलाई सहज बनाउन सरकारले नागढुंगा–सिस्नेरी सुरुङमार्ग सार्वजनिक सवारीका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने भएको छ।

हाल सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको भए पनि, मन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सवारीलाई दशैँ अवधिमा सो सुरुङमार्गमार्फत जान दिने निर्देशन दिएका छन्।

शनिबार सिंहदरबारमा सरोकारवाला निकायसँग बसेको बैठकमा सुरुङमार्ग प्रयोग गरेर यात्राको समय बचत हुने र भीड कम हुने भएकाले यो व्यवस्था तत्काल लागू गर्न लागिएको हो।

मन्त्री घिसिङले दशैँपछि पनि सुरुङमार्गमा प्रवेशको व्यवस्था मिलाउन आवश्यक छलफल र तयारी अघि बढाइने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *