सारथी ब्राण्डका इलेक्ट्रिक स्कुटरमा कम्पनीले दशैं अफर चलाएको छ । जस अन्तरगत नगदमा खरिद गर्ने ग्राहकका लागि रु. २५ हजारसम्मको छुट दिइनेछ ।
कम्पनीले दिएको जानकारी अनुसार आउँदै गरेको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा यो अफर सँचालन गरिएको हो ।
यस अफर अन्तरगत नगद छुटका साथै एउटा हेलमेट, रेनकोट तथा चालु आर्थिक बर्षको कर समेत कम्पनीले नै तिरिदिनेछ ।
सधैं झैं ६ वटा फ्रि सर्भिस तथा २ बर्षको वारेन्टी भने यथावत नै रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले सारथी ब्राण्ड अन्तरगत २ वटा मोडेलमा यो अफर सँचालन गरेको हो । इकुटर इ३ र विँगर मोडेलमा यो अफर पाउन सकिन्छ ।
यी दुबै स्कुटरमा ७२ भोल्ट ३८ एएच क्षमताका ग्राफिन बेट्रि प्रयोग गरिएको हुँदा यसबाट स्ट्याण्डर्ड राइडिङ्गमा अधिकतम १२० किलोमिटरसम्मको रेन्ज पाउन सकिन्छ । यसमा कम्पनीले लिथियम आयोन बेट्रिमा पनि उपलब्ध गराउँछ ।
इकुटर इ३ मा ३००० वाट र विँगरमा ३९०० वाटको पिक पावर भएको मोटर प्रयोग गरिएको हुँदा काठमाण्डौं वरपरका उकालो बाटोहरुमा पनि सजिलै चलाउन सकिन्छ ।
इकुटर इ३ को अहिले अफर डिस्काउन्ट गर्दा रु १ लाख ९१ हजार र विँगरको अफर डिस्कान्ट गर्दा रु. १ लाख ८४ हजार मुल्य पर्न जान्छ ।
यी स्कुटरहरुलाई नेपाली बजारमा जीरो इमिसन राइड एनले बिक्रिवितरण गरिरहेको छ । नेपालमा विगत ६ बर्षदेखि यो कम्पनीले लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटर पनि बिक्रि वितरण गरिरहेको छ ।