ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा जलेका गाडी सिंहदरबारबाट हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
जलेका गाडीले परिसर कुरुप देखिएकाले हटाउने निर्णय गरिएको हो।
यसैबीच, शहरी विकास मन्त्रालयले आफ्ना संरचनामा भएको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरेको छ।