मनकामना केबलकारले आजदेखि फेरि नियमित सेवा सुरू गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि २५ गतेदेखि सेवा बन्द गरिएको थियो। बन्द अवधिमा केबलकारको नियमित मर्मतसम्भार गरिएको केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनले बताए।
नेपालको पहिलो केबलकारका रूपमा गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना मन्दिर जाने भक्तजनलाई सहज बनाउन यो सेवा सञ्चालन गरिएको हो।
यस केबलकारको प्रवेशद्वार (तल स्टेशन) चितवनको इच्छाकामना–४ स्थित चेरेसमा रहेको छ।