नाडा–अर्थमन्त्री बीच छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी अटोमोबाइल क्षेत्रका समस्या र समाधानबारे छलफल गर्‍यो।

अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा, लगानीको विश्वसनीयता र तोडफोडबाट भएको नोक्सानीको बीमा रकम तत्काल दिनुपर्ने माग गरे। उनले सवारी प्रदूषण मापदण्ड २०८२ लागू भएपछि मूल्य बढ्ने चिन्ता पनि व्यक्त गरे।

नाडाले सरकारले सहकार्य गर्नुपर्ने, भन्सार राजस्वमा अटोमोबाइल क्षेत्रले २७% योगदान दिइरहेको र Loan to Value Ratio ६०% बाट ८०% पुर्‍याउनुपर्ने माग राख्यो।

अर्थसचिव घनश्याम उपाध्यायले तातोपानी भन्सार अवरोध छिट्टै समाधान हुने बताए।

मन्त्री खनालले नाडाका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने, नोक्सानीको तथ्याङ्क संकलन गर्ने र कर–प्रोत्साहन प्याकेजबारे छलफल हुने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *