रेसिङ अटोमोबाइल्सको ‘दुर्घटनारहित प्रमाणपत्र

काठमाडौँको कलङ्की खसीबजारमा रहेको रेसिङ अटोमोबाइल्सले पुराना गाडी बिक्री गर्दा अबदेखि ‘दुर्घटनारहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्ने घोषणा गरेको छ।

बुधबार आयोजित कार्यक्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक रुद्र ढुंगेलले राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआईजी लक्ष्मण गुरुङलाई पहिलो प्रमाणपत्र हस्तान्तरण गर्दै स्किम सुरु गरे।

उनले यस पहलको उद्देश्य पुराना गाडीमा हुने अविश्वास र शंकालाई हटाउनु रहेको बताए।

ढुंगेलका अनुसार, प्रमाणपत्र दिइएको गाडी विगतमा दुर्घटनाग्रस्त भएको प्रमाणित भएमा कम्पनीले खरिद मूल्यमा फिर्ता लिने र नगद फिर्ता गर्ने ग्यारेन्टी दिनेछ।

यसले रिकन्डिसन गाडी व्यापारमा पारदर्शिता र विश्वास बढाउने विश्वास गरिएको छ।

सो कार्यक्रममा बीमा कम्पनी, बैंक र सल्लाहकारहरूले समेत यो कदमलाई जिम्मेवार र पारदर्शी व्यापारिक अभ्यासको रूपमा स्वागत गरे।

साथै, कार्यक्रममा रेसिङ अटोमोबाइल्सको नयाँ ‘प्रमोसनल जिङ्गल’ पनि सार्वजनिक गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *